स्वास्थ्य मन्त्री गिरीद्वारा भेरी अस्पतालको नयाँ डायलाइसिस कक्ष उद्घाटन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मन्त्री गिरीद्वारा भेरी अस्पतालको नयाँ डायलाइसिस कक्ष उद्घाटन


८ माघ २०७९, आइतबार


काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गरेका हुन् । मन्त्री गिरी नेपालगञ्जमा दादुरा फैलिएको क्षेत्रमा अवलोकन गर्न बाँके पुगेका छन् ।

कक्षको उद्घाटन गर्दै मन्त्री गिरीले डायलाइसिस सेवा लिइरहेका ५२ वर्षीय बिरामी रवीन्द्र श्रेष्ठलाई फुलको गुच्छा दिएर स्वास्थ्य लाभको कामना गरे ।

नयाँ हेमो डायलाइसिस कक्षमा ६ जनाको क्षमता रहेको छ । कक्षको उद्घाटन गर्दै मन्त्री गिरी सीमित स्रोत साधनका बाबजुद पनि भेरी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए । उनले भने, ‘भौतिक पूर्वाधार न्यूनतम सेवा हुँदा पनि अधिकतम सेवा प्रदान गर्नु निकै उल्लेखनीय छ ।’

कार्यक्रममा सरकारको प्रमुख प्राथमिकता सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरेको उनले बताए । गरिब र विपन्न क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गर्ने उनको जिकिर थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस