मधेस प्रदेश सभाका २ स्वतन्त्र सांसद जसपा प्रवेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेश सभाका २ स्वतन्त्र सांसद जसपा प्रवेश


८ माघ २०७९, आइतबार


जनकपुरधाम । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेश सभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् । उनीहरूलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस