संविधानले दिएको भूमिका तटस्थ रूपमा निभाउँछु : उपसभामुख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधानले दिएको भूमिका तटस्थ रूपमा निभाउँछु : उपसभामुख


७ माघ २०७९, शनिबार


काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रूपमा निभाउने बताइन् ।

पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठुलो परिवारमा भित्रिएको छु । तटस्थ र इमानदारिताका साथ भूमिका निभाउँछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस