सभामुख र उपसभामुख जुटे छलफलमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख र उपसभामुख जुटे छलफलमा


७ माघ २०७९, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरबीच छलफल सुरु भएको छ ।

संसद् भवन नयाँबानेश्वरमा सभामुख घिमिरे र उपसभामुख राना मगर छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाएसँगै अब सदनलाई कसरी अघि बढाउने भन्ने विषयमा उनीहरू छलफलमा जुटेका बताइएको छ ।

सभामुख घिमिरे र उपसभामुख राना मगर दुवै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस