प्रचण्डले मधेससँग लभ गरेर अर्कैसँग लगनगाँठो कसे : राजकिशोर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डले मधेससँग लभ गरेर अर्कैसँग लगनगाँठो कसे : राजकिशोर


७ माघ २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवले सदनमा भएको बहसको लागि बहस मात्र नहोस् जनताले बढो उत्साहका साथ सदनलाई हेरिरहेको बताएका छन् । शनिवार संसद्मा बोल्दै उनले जनप्रतिनिधिहरू बोल्नमा अन्य कुनै मुलुकभन्दा कम छैन तर व्यवहार बोलेको अनुसार नभएको गुनासो गरे ।

प्रधानमन्त्री प्रचण्डले अभुतपूर्व मत पाइरहँदा उनीमाथि निकै विश्वास जागेको तर प्रचण्ड प्रचण्डको रूपमा नरहेर पुष्पकमल दाहाल बनेको त होइन भनी आशङ्काहरू भइरहेको उनले टिप्पणी गरे । उनले भने, ‘नेपालीहरू नागरिकता नपाएर अनागरिक भएका छन्, किसानले मल र बीउ नपाएर बिच्चलीमा छन् तर यहाँ ढोक्सा, माछा र पिँजराको कहानी सुनाउने काम भएको छ ।’

सदनमा वैचारिक बहस हुनुपर्ने भन्दै सांसद यादवले यहाँ नाकको भइरहेको लडाइँलाई तीन करोड जनताले नियाली रहेको धारणा उनले राखे । उनले भने, ‘सिरहाका जनताले उहाँलाई जितायो, उहाँले भावुक भएर मधेससँग लभ परेको भन्नुभयो । लभ मधेससँग गर्नुभयो लिभिङ टुगेदर काँग्रेससँग र लगनगाँठो अर्कैसँग गर्नुभयो ।’

जनलोकपाल बिल ल्याएर सबैको सम्पत्ति छानबिन गरियोस् भनी माग गर्दै उनले संविधानलाई सबैको साझा संविधान बनाउने पनि आग्रह गरे । मधेसी जनता सदनतिर हेर्दै छन्, त्यसलाई अँगालोमा लिने कि नलिने भनी प्रश्न गर्दै उनले सबै प्रकारको विभेद निर्मूल पार्ने जिम्मेवारी सांसदको काँधमा आएको छ र त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे ।

रेसम चौधरी सबै प्रकारले निर्दोष रहेको भन्दै उनलाई रिहा गर्न किन आलटाल भएको भन्दै उनले यो देशप्रति मधेसीको मोह भङ्ग नहोस् सचेत हुनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस