लिङ्देनले गरे ८३ औँ पटक रक्तदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिङ्देनले गरे ८३ औँ पटक रक्तदान


७ माघ २०७९, शनिबार


काठमाडौँ । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औँ पटक रक्तदान गरेका हुन् ।

लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औँ पटक रक्तदान गर्ने रक्तदाता प्रेम सागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रम स्थलमा प्रवेश गरेर कयौँ पटक रक्तदान गरेको बताए ।

‘यो जस्तो पवित्र कार्य अर्को कुनै छैन, अहिलेका युवामा रक्तदान प्रति उत्सुकता, संलग्नता र अग्रसरता देख्दा आफूलाई सन्तोषको अनुभूति हुन्छ’ लिङ्देनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस