भ्रष्ट्राचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको छ : ज्ञानेन्द्र शाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्ट्राचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको छ : ज्ञानेन्द्र शाही


७ माघ २०७९, शनिबार


काठमाडौँ । सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिँदै गएको बताएकी छन् ।

शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थापित हुन सकिने बताए ।

उनले भने, ‘राजनीतिक उपलब्धी भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन ।’

सांसद शाहीले भ्रष्ट्राचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताए ।

विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको भन्दै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस