घण्टीमा भोट माग्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ : नेपाल « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

घण्टीमा भोट माग्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ : नेपाल


७ माघ २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार पार्टीको रौतहट–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा गरेको सम्मान कार्यक्रममा उनले रौतहटमा केही नेता–कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको बताए । त्यस्तो कार्यमा संलग्न नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी उनले दिए ।

उनले घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमानदारीका साथ जानकारी गराउन आग्रह समेत गरे । नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको उनको भनाइ छ ।

नेपालको राजनैतिक साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस