सभामुख कसैको यस म्यान बन्नुहुने छैन भन्ने यही शुभेच्छा छ : मेटमणि चौधरी « प्रशासन
Logo १० असार २०८१, सोमबार
   

सभामुख कसैको यस म्यान बन्नुहुने छैन भन्ने यही शुभेच्छा छ : मेटमणि चौधरी


७ माघ २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’

चौधरीले पार्टीका तर्फबाट उपसभामुखमा काँग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे । समर्थकको रूपमा बोल्दै उनले भने, ‘मुक्ताकुमारी यादव उपसभामुखको हकदार हो ।’

प्रतिनिधिसभामा शनिबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र काँग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । मुक्ताकुमारीलाई सरकारमा नरहेका दलको समर्थन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस