गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल


७ माघ २०७९, शनिबार


पोखरा । वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार बराललाई शपथ खुवाएका हुन् ।

बराल पोखराको पृथ्वीनारायण क्याम्पसमा आइएल पढेका थिए । बिएल पढ्न भने काठमाडौँ गएका थिए ।

वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमेश बडाल र श्रीकान्त बराल एउटै फर्म चलाउँदै आएका थिए । यसअघि गण्डकी सरकारका मुख्य न्यायाधिवक्तामा रोहित बास्तोला थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस