इन्दिरा रानामगर निर्वाचित हुँदा उपसभामुख पदको शोभा बढ्छ : सोबिता गौतम « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इन्दिरा रानामगर निर्वाचित हुँदा उपसभामुख पदको शोभा बढ्छ : सोबिता गौतम


७ माघ २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् ।

‘माननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’ उनले भनिन् ।

सांसद राना मगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काग गरेको भन्दै गौतमले भनिन्, ‘उहाँले समस्या औँल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’

सांसद राना मगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस