गृहमन्त्रीलाई रामहरि खतिवडाको प्रश्न : हामीले अपराधी पक्राउ गर भनेका हौं « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहमन्त्रीलाई रामहरि खतिवडाको प्रश्न : हामीले अपराधी पक्राउ गर भनेका हौं


७ माघ २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले फरार सांसद लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न सरकार गम्भीर नबनेको बताएका छन्। शनिबारको प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले गृह मन्त्रालयले फरार सांसद पक्राउ गर्न पत्र काट्नु अनुचित रहेको बताएका हुन्।

उनले गृह मन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तीबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परको उल्लेख गरे।

‘माननीय सांसद्ले अपराधी चिनाइदिनुपर्ने हो। अपराधी पक्राउ गर्नुको साटो विज्ञप्ती जारी गरेर बसेको छ,’ उनले भने, ‘सदनभित्र हतकडी लिएर आउनु भनेको छौ ? अपराधी पक्रन भनेका हौं। सभामुखसँग रुलिङ मागेका हौं।’

उनले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गरे।

‘गृहमन्त्री अपराधी पक्राउ गर्नभन्दा पनि विज्ञप्ती जारी गरेर मिडियामा सस्तो लोकप्रियतामा लाग्नुभएको छ। अब सांसदहरूले अपराधी चिनाइदिनुपर्ने हो?,’ खतिवडाले प्रश्न गरे।

Tags :
प्रतिक्रिया दिनुहोस