निसासिएर बिरामी भएका चार जनाको उपचार हुँदै « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

निसासिएर बिरामी भएका चार जनाको उपचार हुँदै


७ माघ २०७९, शनिबार


काठमाडौँ । कोटेश्वर सहयोगीनगरमा कोइला बालेर आगो ताप्नेक्रममा चार जना निसासिएर गम्भीर बिरामी परेका छन्।

शुक्रबार राति ८ बजेको समयमा कोइला ताप्दै गरेका ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र प्रमीलाका छोरा ३५ दिनका श्रीयाल खड्का बिरामी भएका छन्।

बिरामीको सिभिल अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा आईसीयू खाली नभएकाले छलमायाको भने छाउनीस्थित नेपाली सेनाको अस्पतालमा थप उपचार भइरहेको छ।

उनीहरू सुविधानगरमा कुमार खत्रीको घरमा पाँचौ तलामा बस्दै आएका थिए। कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्ने क्रममा उनीहरू निशासिएर श्वाासप्रश्वाासमा समस्या भएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस