डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना


७ माघ २०७९, शनिबार


वासिङटन डिसी । बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् ।

ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानिको मुद्दालाई ‘व्यर्थ’ भनेको छ।

डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा फैलाएका र उनको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाएका थिए।

ट्रम्पले यसका लागि सात मिलियन डलर क्षतिपूर्ति मागेका थिए। तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो । एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो ।

यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपिलमा बिहीबार आएको हो ।

उक्त मुद्रामा बोल्दै न्यायाधीशले ट्रम्प न्यायिक प्रक्रियाको दुरुपयोगको मास्टर माइन्ड भएका उनको मुद्दा बेअर्थको भएको बताए। उनले यसको पछाडि राजनीतिक उद्देश्य मात्र रहेको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस