हिजो बोलेका शब्द-शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन् : गृहमन्त्री लामिछाने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

हिजो बोलेका शब्द-शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन् : गृहमन्त्री लामिछाने


७ माघ २०७९, शनिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेको बाचाहरूको हेक्का रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भोट माग्दा गरेको बाचाहरूको हेक्का रहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई पक्राउ नगरेको भन्दै आलोचना भएपछि उनले अपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाईमात्र नभई नयाँ अपराधीहरू फरार हुन नपाउन भन्ने कुराको हेक्का रहेको बताए ।

उनले मिडियाको हेडलाइन बदल्न नसके पनि जनताको लाइफलाइन बदल्न मेहनत गर्दै गरेको बताए ।

उनले लेखेका छन्,‘पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!

Tags :
प्रतिक्रिया दिनुहोस