एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृहको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृहको निर्देशन


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ। उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

कर्तब्यज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

महोत्तरी-१ बाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।  

Tags :
प्रतिक्रिया दिनुहोस