कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत


६ माघ २०७९, शुक्रबार


काठमार्डाैँ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १/१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली काँग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस