निजी जग्गामा डोजर चलाउने महानगरको कदमविरुद्ध सभागृहमा प्रदर्शन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजी जग्गामा डोजर चलाउने महानगरको कदमविरुद्ध सभागृहमा प्रदर्शन


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । निजी जग्गामा डोजर चलाउने काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आज राष्ट्रिय सभागृहमा रहेको महानगर कार्यालयमा स्थानीयले प्रदर्शन गरेका छन् । सडक चौडा बनाउने नाममा पुर्ख्यौली निजी जग्गामा औचित्यहीन र गैर कानुनी रूपमा डोजर चलाएको भन्दै प्रदर्शन गरिएको हो ।

वडा नम्बर ३१ शंखमूल मार्गस्थित अनमोल बैंङ्क्वेट रहेको साहेल महर्जनको  जग्गामा महानगरले २८ गते विना सूचना डोजर चलाएको थियो । जग्गा दलालहरूसँग मिलेर निजी जग्गा हत्याउनेतर्फ महानगर अग्रसर देखिएको महर्जनको भनाइ छ ।  

उपत्यकाव्यापी सडक विस्तार सङ्घर्ष समितिले माघ १५ गते माइतीघर मण्डलामा महानगरको डोजर एक्सनविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ ।

समितिका संयोजक सुमन सायमीका अनुसार निजी जग्गामा डोजर चलाउने बालेनको कदमविरुद्ध साहेलको न्यायका लागि शान्तिपूर्ण प्रदर्शन गरिनेछ ।

महानगरका एसपी राजुनाथ पाण्डेले गैर जिम्मेवारीपूर्ण तरिकाले डोजर चलाएको स्थानीयको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस