सन्दीपलाई प्रशिक्षणमा बोलाउने क्यानको तयारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपलाई प्रशिक्षणमा बोलाउने क्यानको तयारी 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । 

फागुनमा नेपालले आइसिसी विश्वकप लिग-२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अङ्क तालिकामा १८ अङ्कका साथ छैटौँ स्थानमा छ । क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ । सो क्लोज क्याम्पमा सन्दीपलाई समावेश गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । 

पाटनको उच्च अदालतले गत साता बलात्कार आरोप खेपिरहेका सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला दिएको थियो । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टोलीमा समावेश हुने वा नहुने प्रश्न उब्जिएको छ । 

उच्च अदालतको फैसला आएको दिन क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा हुनुपर्ने खेलाडीका रूपमा जनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन्दीपलाई राष्ट्रिय टोली वा क्लोज क्याम्पमा समावेश गर्न केही बाधा नगर्ने क्यानका कार्यवाहक सचिव मल्लले बताएका छन् । 

राष्ट्रिय क्रिकेट टोलीलाई योगदान गरेका एक प्रतिभाशाली खेलाडीलाई प्रशिक्षणबाट वञ्चित गर्न नहुने भनाइ उनको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस