क्यानका महानिर्देशकलाई मन्त्रीले भने- बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउँछु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्यानका महानिर्देशकलाई मन्त्रीले भने- बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउँछु


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयअन्तर्गतका क्रोडतक संस्थाहरूको कुर्सीमा बस्दा आगोमाथि बसे जस्तो भएको बताएका छन् । आज हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलाई सँगै राखेर मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यस्तो हो भने मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताए ।

‘न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्छ । हाम्रो संस्था बिग्रिएपछि मनोविज्ञान राम्रो देखिँदैन । हामी देश बनाउन आएका हौँ । म मन्त्रीको रूपमा भन्दा पनि क्यानको अध्यक्षको रूपमा बोलिरहेको छ । हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजो मात्रै समिति बनेको छ । अब ती समितिका सदस्यहरूले मलाई भेट्नुपर्‍यो’, उनले भने, ‘छानबिन समितिमाथि नै अर्को समिति बनाउन नपरोस् । जात, रङ्ग र विचारको आधारमा भेदभाव नगरी काम गर्न आएको हो । असफल हुने छुट हामीलाई छैन । अब आधारभूत कुरामा कुनै पनि सम्झौता हुँदैन । कुनै असह्य कुरा आयो भने मन्त्रालयले निर्णय गरेर पनि अख्तियार पठाउँछ ।’

क्यानका कर्मचारीसँग भएको छलफलमा मन्त्री किराँतीले नियामक निकायले गर्नुपर्ने र कुनै समस्या आयो भने त्यसको समाधान गर्न आफू लागिपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस