सभामुख घिमिरेले लिए पुनको स्वास्थ्य अवस्थाबारे जानकारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सभामुख घिमिरेले लिए पुनको स्वास्थ्य अवस्थाबारे जानकारी


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभामुखको शपथ लिएसँगै घिमिरे अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् ।

जन्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस