वीरगञ्ज महानगरद्वारा ६ महिनामा २३ करोड राजस्व सङ्कलन  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वीरगञ्ज महानगरद्वारा ६ महिनामा २३ करोड राजस्व सङ्कलन 


५ माघ २०७९, बिहिबार


काठमाडौँ। वीरगञ्ज महानगरपालिकाले ६ महिनामा २३ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९८० को साउनदेखि पुस मसान्तसम्म महानगरले २३ करोड ०७ लाख ६३ हजार ४ सय ७८ रुपैयाँ आन्तरिक राजश्व सङ्कलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ६ महिनामा भएको राजश्व सङ्कलन भन्दा ८ करोड ३५ लाख ३५ हजार ७ सय २६ रुपैयाँ ३१ पैसाले कम हो ।

महानगरको राजस्व व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७८र७९ को ६ महिनामा ३१ करोड ४२ लाख ९९ हजार २ सय ५ रुपैयाँ ७४ पैसा राजस्व सङ्कलन भएको थियो ।

राजश्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले यसवर्ष मालपोत कार्यालयबाट बाँडफाँट भई आउने घरजग्गा रजिस्ट्रेसन दस्तुर आउन बाँकी रहेकोले अघिल्लो वर्षको ६ महिनाको तुलनामा कम राजस्व सङ्कलन भएको जस्तो देखिएको बताए ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिस्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शीर्षकमा आन्तरिक आम्दानी सङ्कलन गर्दै आएको छ ।

महानगर बन्नका लागि आन्तरिक आम्दानी वार्षिक १ अर्ब माथि हुनुपर्ने सर्त छ । तर स्थानीय सरकार गठन भएको ६ वर्ष बितिसक्दा समेत वीरगञ्जले आन्तरिक राजश्व १ अर्ब पुर्‍याउन सकेको छैन । तर चालु आर्थिक वर्षमा आन्तरिक आय १ अर्ब पुर्‍याउने लक्ष्य महानगरले राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस