गृहमन्त्रीसँग बेलायतकी राजदूत पोलिटको भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्रीसँग बेलायतकी राजदूत पोलिटको भेट


५ माघ २०७९, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेट गरेकी छन् । बिहीबार गृह मन्त्रालयमै भेट भएको हो ।

भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउँदै जाने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस