उपसभामुखको टुंगो लगाउन रास्वपाले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसभामुखको टुंगो लगाउन रास्वपाले बोलायो संसदीय दलको बैठक


५ माघ २०७९, बिहिबार


काठमाडौँ । उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने छ ।

सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ ।

रास्वपाभित्र सोविता गौतमलाई उपसभामुखको दाबेदारका रुपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस