आयातमा नगद मार्जिनको व्यवस्था खारेज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आयातमा नगद मार्जिनको व्यवस्था खारेज


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सरकारले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरेको छ । बिहीबार राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ को इ.प्रा. परिपत्र ०१/२०७८ को दफा १.१७ लाई खारेज गर्दै आयातमा जारी एलसीमा खुल्ला नीति लिएको हो । 

योसँगै झण्डै ९ महिनादेखि कार्यान्वयनमा रहेको एलसी नगद मार्जिनको व्यवस्था हटेको छ । यसले व्यवसायीहरूलाई आयातमा सहजीकरण भएको छ । 

यसअघि गत वैशाख १३ गते राष्ट्र बैङ्कले एक निर्देशन जारी गर्दै १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने ४७ प्रकारका वस्तुहरूको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गरेको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस