एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ : ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ : ओली


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको पनि उनले बताए ।

संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’ काँग्रेसले त गठबन्धन भत्काउँछौँ, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘ठिकै छ ।’

एमालेको चाहिँ राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरूको अर्को प्रश्नमा भने एमाले अध्यक्ष ओलीले पछि भनौँला भन्ने जवाफ दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस