अब सहकारीको कार्यक्रममा मदिरा प्रयोग गर्न निषेध  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब सहकारीको कार्यक्रममा मदिरा प्रयोग गर्न निषेध 


५ माघ २०७९, बिहिबार


काठमाडौँ । अब सहकारी सङ्घ, संस्थाहरूले आफ्ना कुनैपनि कार्यक्रममा मदिरा (जाड, रक्सी) प्रयोग गर्न नपाउने भएका छन् । राष्ट्रिय सहकारी महासङ्घले बिहीबार ‘सहकारी संस्थागत संस्कार मार्गदर्शन-२०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

मार्गदर्शन अनुसार अब सहकारी सङ्घ, संस्थाहरूले आफ्ना कुनैपनि कार्यक्रमहरूमा जाड रक्सिको प्रयोग गर्न पाउने छैनन् भने कार्यक्रमको उद्घाटन सत्र (शुभकामना, मन्तव्य, भाषण)मा समेत ४५ मिनेट बढी समय लगाउन पाउने छैनन् ।

मागदर्शनमा व्यक्तिगत, संस्थागत व्यवहारका साथै कार्यक्रम र बैठक सञ्चालनका लागि ‘सहकारी संस्कार’ निर्धारण गरिएको छ । सहकारकर्मीको व्यक्तिगत व्यवहार, बोली बचन, हाउभाउ र व्यवहारमा समेत शिष्टता, शालीनता हुनुपर्ने बताउँदै मागदर्शनले कार्यक्रममा खानेकुरा अनावश्यक खेर नफाल्न समेत सचेत गराएको छ ।

महासङ्घले सहकारीका सञ्चालक, कर्मचारी तथा सदस्यहरूका लागि व्यक्तिगत आचरणदेखि संस्थागत कार्यक्रम सञ्चालन गर्ने विषयहरू समेटेर यस्तो मापदण्ड तोकेको हो । महासङ्घले व्यक्तिगत आचरणमा ११ वटा, कार्यक्रम संस्कारमा १३ वटा, बैठक संस्कारमा १५ वटा र विविध संस्कार तथा आचरण गरी ४ दर्जन बढी नीति नियम बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस