छातीमा मुड्कीले हानेर ईश्वरीलाई मतदान गर्छौँ : चित्रबहादुर केसी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

छातीमा मुड्कीले हानेर ईश्वरीलाई मतदान गर्छौँ : चित्रबहादुर केसी


५ माघ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली काँग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने बताएका छन् ।

सभामुखको उम्मेदवारीसम्बन्धी प्रस्तावमा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेजीलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ।’

उनले विकल्प नभएकाले बाध्य भएर मतदान गर्न परेको सङ्केत गरेका हुन्। संसदमा जनमोर्चाका केसी एक्ला सांसद हुन्। उनले अहिले पनि प्रतिगमन सच्चिएको छ भन्ने पक्षमा नरहेको बताए।

पदीय लोभका कारण काँग्रेसले प्रधानमन्त्रीलाई मत नदिई प्रतिपक्षमा बस्न नसकेको उनले टिप्पणी गरे। सभामुखमा एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस