एमाले उम्मेदवार घिमिरेलाई भोट दिने जसपाको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले उम्मेदवार घिमिरेलाई भोट दिने जसपाको निर्णय


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सभामुखको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई भोट दिने निर्णय गरेको छ।

बिहीबार बसेको जसपा संसदीय दलको बैठकले एमाले उम्मेदवार घिमिरेलाई भोट दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। बुधबार बसेको बैठकले कुनै निर्णय गर्न सकेको थिएन।

यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले नेपाली काँग्रेसका नेताहरूसँग पनि छलफल गरेका थिए। विपक्षी गठबन्धन बनाउने विषयमा छलफल भएको थियो।

प्रतिनिधि सभामा आज सभामुखको निर्वाचन हुँदै छ। सभामुखका लागि एमालेबाट घिमिरे र काँग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस