७३१ थान राहदानीसहित काठमाडौँको होटेलबाट तीन जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

७३१ थान राहदानीसहित काठमाडौँको होटेलबाट तीन जना पक्राउ


५ माघ २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँको एक होटेलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटेल सोना र होटेल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जङ्ग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेलहरूमा शङ्कास्पद व्यक्तिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शङ्कास्पद रूपमा रहेका ७१७ थान र होटेल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस