देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको : गृहमन्त्री « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको : गृहमन्त्री


५ माघ २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताएका छन् ।

बिहीबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे ।

सदनका सदस्यलाई घिमिरेलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले भने, ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक-फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ।’

त्यस्तै मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ । विगतमा आम सरोकारका विषयमा विगतमा चुके पनि अब भने लाभ हानिको हिसाब गरिनेछैन भन्ने लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस