हवाई सुरक्षामा ध्यान दिन कडा निर्देशन दिएको छु : पर्यटन मन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हवाई सुरक्षामा ध्यान दिन कडा निर्देशन दिएको छु : पर्यटन मन्त्री


५ माघ २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई सुरक्षामा ध्यान दिन आफूले कडा निर्देशन जारी गरेको बताएका छन् ।

भविष्यमा यस्ता घटना हुन नदिन सरकार सचेत रहेको जवाफ दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले जवाफ नदिएको भन्दै उठाएको प्रश्नमा मन्त्री किराँतीले विमान दुर्घटना लगत्तै जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।

उनले मृतकका परिवारलाई आवश्यक जानकारी र विमानसहितका विषयमा सहजीकरणको सुरुआत गरिएको बताए ।

उनले दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्तो हुन नदिन जाँचबुझ आयोग गठन गरिएको र निष्पक्ष छानबिनको वातावरण मिलाइएको बताए ।

‘दुर्घटनापछि पूर्व सचिवको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको छ । त्यसले छानबिन सुरु गरिसकेको छ,’ मन्त्री किराँतीले भने, ‘म पदमा बहाल भएपछि फेरि यस्तो दुर्घटना हुन नदिन हवाई उड्डयन सम्बद्ध निकायहरूमा कडा निर्देशन दिइएको छ । सुरक्षाको स्तर वृद्धि गरिएको छ । छानबिन आयोगलाई निष्पक्ष छानबिनको वातावरण निर्माणमा मन्त्रालय लागेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस