सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने


४ माघ २०७९, बुधबार


काठमाडौँ । सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेस गर्नुपर्ने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्नुपरेको सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

‘सरकारको नीतिगत प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रम हो । ती कार्यक्रम कार्यान्वयनमा लैजाने भनेर यसअघिकै मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ’, मन्त्री पौडेलले भने, ‘उक्त नीतिगत प्राथमिकता र कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको छ ।’

उनले सबै सबै सम्बन्धित मन्त्रालयहरूले कार्ययोजना बनाएर मन्त्रिपरिरषदमा प्रस्तुत गर्ने र निर्णय गरेर अघि बढ्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस