एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति दिइने  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति दिइने 


४ माघ २०७९, बुधबार


काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. ३५ लाख छात्रवृत्ति दिने भएको छ ।  

पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । एमबिबिएसलगायत प्राविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । 

सो गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । 

उनका अनुसार पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँभाबाट छात्रवृत्ति निर्देशका, २०७९ बहुमतले गाउँभाबाट पारित भएको सो छ ।

सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि यो गाउँभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरी गाउँभाबाट पारित भएको छ । पाँच वर्षसम्म रु सात लाखका दरले पालिकाले एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने उनको भनाइ छ ।

पालिकाको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत बुटवलको देवदह मेडिकल कलेजमा वडा नं ४ लुमगाउँका २३ वर्षीय नवीन रेउले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययनरत छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस