आर्थिक अनुशासनमा जोड, अनुत्पादक र साधारण खर्च कटौती : अर्थमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आर्थिक अनुशासनमा जोड, अनुत्पादक र साधारण खर्च कटौती : अर्थमन्त्री


४ माघ २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण र अनुत्पादक खर्च कटौती गर्ने बताएका हुन्।

उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकले यसको सङ्केत गरिसकेको छ । हामी आफैँ मितव्ययी हुनेछौँ, आर्थिक अनुशासनमा जोड दिइनेछ, अनुत्पादक र साधारण खर्च घटाउनेछौँ।’

अर्थमन्त्रीलाई व्यवसायीको प्रश्न– मान्छे निर्यात गर्ने कि उत्पादन? व्यवसायीहरूले वस्तु तथा सेवाको उत्पादन निर्यातमा जोड दिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा व्यवसायीले उत्पादनमा बढाएर निर्यातमा जोड दिनुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्ने व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रश्न गरे– मान्छे निर्यात गर्ने कि उत्पादन ?

Tags :
प्रतिक्रिया दिनुहोस