कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने


४ माघ २०७९, बुधबार


सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् ।

४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्‍यो भने १ जना तटस्थ बसे । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस