२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजीवन सदस्यता र तलब-भत्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रदान गरिँदै आएको आजीवन सदस्यता र सदस्यलाई तलब-भत्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानलाई विपक्षी बनाइ पत्रकार एवं साहित्यकार घनेन्द्र ओझाले सो रिट दायर गरेका हुन्।

नेपाल प्रज्ञाप्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज गर्न र आजीवन सदस्यहरूलाई मासिक तलब-भत्ता उपलब्ध गराउने प्रतिष्ठानको नियमावली, २०६७ तथा मानार्थ प्राज्ञ सदस्यता एवं आजीवन सदस्यता प्रदान गर्नेसम्बन्धी मापदण्ड तथा कार्यविधि, २०६९ का प्रावधान खारेज गर्न सो रिटमा माग गरिएको छ ।

उक्त प्रावधानले देशका सबै भाषा, साहित्य, धर्म, संस्कृतिलाई संरक्षण, संवर्धन तथा विकास गर्नुपर्ने र यस क्षेत्रमा विशिष्ट योगदान दिने विद्वान् तथा प्रतिभाको सम्मान र कदर गर्नुपर्ने कुरालाई स्थापित गरेको भए पनि ऐनको दफा २८ एवं  नियमावलीको नियम २६, २७, २८ र ३७ , उक्त ऐन तथा नियमावलीका आधारमा बनाइएको  मापदण्ड तथा कार्यविधिले समेतले ऐनको मूल उद्देश्यको भावना विपरीत भएको जनाइएको छ ।

रिटमा प्रतिष्ठानका प्राज्ञको नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको र सिफारिस समितिका अध्यक्ष संस्कृतिमन्त्री हुने व्यवस्थाले झनै राजनीतिक प्रभाव नियुक्तिमा बढेको जनाउँदै ऐनको दफा ८ बमोजिमको सिफारिस समिति गठन गर्नेसम्बन्धी प्रावधानमा संशोधन गर्न माग गरिएको छ । 

नियमावलीको २६ (३-क)‘आजीवन सदस्यको भत्ता’अन्तर्गत आजीवन सदस्यले प्राज्ञ परिषद्का सदस्यलाई तोकिएको पारिश्रमिकको दुई तिहाइ रकम बराबरको भत्ता पाउने व्यवस्था रहेको, सँगै ज्ञाप्रतिष्ठानको आजीवन सदस्यले  सरकारको कुनै तलबी जागिर पाएमा सो पदमा रहेको अवधिभर त्यस्तो भत्ता नपाउने तर यो नियम लागू हुनुभन्दा अघि कुनै आजीवन सदस्यले सरकारी पदमा बसी दुवैतर्फको रकम खाइपाइ आएको छ भने यस नियमले त्यसमा बाधा पुर्‍याएको मानिनेछैन भन्ने प्रावधानले राज्यकोषको दोहोरो दोहन गरेको दाबी गरिएको छ ।