हिउँ नपर्दा सोलुखुम्बुका किसान चिन्तित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हिउँ नपर्दा सोलुखुम्बुका किसान चिन्तित


३ माघ २०७९, मंगलबार


सोलुखुम्बु । यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू पनि कालो पहाडमा परिणत हुँदै गएका छन् ।

विगतमा यतिबेला यहाँका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे भने यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठ लाग्दा र खेतबारी सुक्खा भएको लिखुपिके गाउँपालिका–५ का कामी छिरी शेर्पा बताउछन् ।

जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बालीबारीमै सुक्नथालेको किसानहरू बताउँछन् ।

हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरू सुक्दै गएको मा दूधकोसी गाउँपालिका–५ की हस्तकला राईले बताइन्। समयमा हिउँ नपर्दा र पानी नपर्दा यो वर्ष गत वर्ष जस्तो धेरै चिसो पनि महसुस नभएको सोलुदूधकुण्ड नगरपालिका–३ कामिङमार शेर्पा बताउछन् ।

हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसमसमेत तातिँदै जाँदा यहाँका नागरिकहरू अचम्मित बनेका छन् । वन जङ्गलको तीव्र फडानी, विभिन्न हानिकारक ग्यासहरूको उत्सर्जन लगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरू देखा परेको वातावरणविद् राजन थापाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस