बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईँ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईँ


२ माघ २०७९, सोमबार


हेटौँडा । बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईँ निर्वाचित भएकी छिन् ।

सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईँले ६१ मत पाएर निर्वाचित भएकी हुन् ।

११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्‍यो भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी भएनन् ।

उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ३ र विपक्षमा ६१ मत पर्‍यो भने ४४ जना तटस्थ बसे ।

Tags :
प्रतिक्रिया दिनुहोस