पूर्व वडा अध्यक्ष र कर्मचारीसहित १० जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्व वडा अध्यक्ष र कर्मचारीसहित १० जना जुवाडे पक्राउ


२ माघ २०७९, सोमबार


वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामार गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशङ्कर चौधरीलगायतलाई पक्राउ गरिएको हो ।

पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ बुक ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस