जागिर खान मन्त्री भएको होइन : जीवन आचार्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जागिर खान मन्त्री भएको होइन : जीवन आचार्य


१ माघ २०७९, आइतबार


विराटनगर । प्रदेश १ सरकारका का नवनियुक्त मन्त्री जीवन आचार्यले आफू जागिर खान मात्रै मन्त्री नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले जनताको विश्वास र भरोटा टुट्न नदिने तथा कसैको शिर झुक्ने गरी कुनै गल्ती नगर्ने बताएका हुन् ।

‘गत मंसिर–४ गते सम्पन्न आम निर्वाचनमा अत्यधिक मतदाता करिव ८०,०००० भएको प्रदेश सभा क्षेत्र मोरङ ६ (१) बाट प्रत्यक्ष निर्वाचनमा भाग लिई यस क्षेत्रका आम न्याय प्रेमी मतदाताको न्यानो माया र विश्वासका कारण उत्कृष्ट जनमत सहित निर्वाचित भयसँगै मैले प्रदेश–१ सरकारमा सहभागी हुने अवसर प्राप्त गरेको छु,’ उनले लेखेका छन्, ‘मैले निर्वाचनताका भन्ने गरेको थिएँ राजनीति मेरा लागि विशुद्धरुपमा जनताको सेवा गर्ने थलो हो । यसलाई पेसा र व्यापार बनाउन म चुनावमा होमिएको होइन, सांसद केवल जागिर वा तलब खाने पद होइन । मैले ०७४ को निर्वाचनमा झिनो मतले पराजित भएसँगै जनताका पक्षमा निरन्तर सकेको काम गरिरहेँ, दुःख र पीडामा सकेसम्म मल्हम लगाउने कोसिस गरी नै रहेँ । जुन कुराको पुष्टि निर्वाचन परिणामले गर्छ नै ।’

आचार्यले आफू युवा भएको कारण युवाहरूको पक्षमा काम गर्ने पनि जनाएका छन् । आचार्यले भनेका छन्, ‘म एक अनुशासित युवा हुँ र म मेरो जिम्मेवारीप्रति सचेत छु । स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शिर झुक्ने छैन, म समग्र युवाहरूलाई प्रतिनिधित्व गरेर अगाडि बढ्दै गर्दा युवाहरूलाई निराश पार्नेछैन, म सधैँ तपाईँहरूसँगै थिएँ, छु र रहनेछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस