अन्तरजातीय विवाह गर्नेलाई नगरपालिकाले एक लाख रुपैयाँ दिने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अन्तरजातीय विवाह गर्नेलाई नगरपालिकाले एक लाख रुपैयाँ दिने


३० पुस २०७९, शनिबार


मुगु । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने भएको हो।

नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन्। संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराउने उनले बताए। आफ्नो पाँच वर्षे कार्यकालमा पाँच हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ। युवालाई कुलतमा फस्न नदिन नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ र अपाङ्गता नियमावली २०७९ पारित भएको छ। यस्तै नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखिम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस