राष्ट्र बैङ्कद्वारा विदेशमा गरिने लगानीमा थप कडाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्र बैङ्कद्वारा विदेशमा गरिने लगानीमा थप कडाइ


२९ पुस २०७९, शुक्रबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैङ्कले आज एक सूचनामार्फत विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ ।

पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत विदेशमा पैसा नलैजान सचेत गराएको हो । विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैङ्क तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको छ ।

बैङ्कले त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । केन्द्रीय बैङ्कले तोकिदिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ ।

विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो । नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने केन्द्रीय बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस