काठमाडौँ महानगरद्वारा २ अर्ब ७२ करोड ६९ लाखको संशोधित बजेट नगर सभामा पेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ महानगरद्वारा २ अर्ब ७२ करोड ६९ लाखको संशोधित बजेट नगर सभामा पेस


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । चालु आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाको दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगर सभामा पेस भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा सुरु भएको नगर सभाको १२ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले संशोधन प्रस्ताव पेस गरेकी हुन् ।

बजेट ११ औँ नगर सभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत चार अर्ब ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रमहरूलाई संशोधनमा लगिएको हो । 

संशोधन प्रस्ताव पेस गर्दै उपप्रमुख डङ्गोलले ६ महिनामा बजेट कार्यान्वयनको प्रगति हेरेर संशोधन प्रस्ताव पेस गरिएको बताइन् । यसबाट बजेट कार्यान्वयनमा सुधार हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।  

चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको थियो । यसमा सञ्चित कोषबाट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । 

सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले, आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिइन् । 

त्यस आर्थिक वर्षमा बेरुजु देखिएको एक अर्ब ७ करोड १२ लाख २५ हजार रुपैयाँमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फर्स्यौट भएको छ । फर्स्यौट हुन बाँकी रहेको एक अर्ब ६ करोड ७४ लाख ४४ हजार रुपैयाँमध्ये २५ करोड ७५ लाख रुपैयाँ असुल गर्नुपर्ने, ६१ करोड ४६ लाख ८४ हजार रुपैयाँ प्रमाण तथा कागजपत्र पेस गर्नुपर्ने, ४ करोड ४५ लाख ८८ हजार रुपैयाँ नियमित गर्नुपर्ने र पेस्की १५ करोड ६ लाख ६ हजार रुपैयाँ रहेको छ ।

समितिको यो प्रतिवेदन सभाबाट पारित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस