घनश्याम भुसालले दिए एमाले छोड्नुको स्पष्टीकरण  « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

घनश्याम भुसालले दिए एमाले छोड्नुको स्पष्टीकरण 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । घनश्याम भुसालले एमाले छोड्नुको प्रष्टीकरण दिएका छन् । 

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा राप्रपाका दीपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नुपरेको प्रष्टीकरण दिएका हुन् । 

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै सङ्गठन ठान्ने नीति लिएको समेत टिप्पणी गरे। आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस