बागमतीका सभामुख पाठकले लिए शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमतीका सभामुख पाठकले लिए शपथ


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शुक्रबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित भएका पाठकले शपथग्रहण गरेका हुन्। सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका थिए।

सभामुख पाठकले आजै पदभार ग्रहण गर्नेछन् भने आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक सञ्चालन हुनेछ। उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्नेछ। उनी ६२ मतसहित निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस