मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सांसदसँग विश्वासको मत मागेका छन् । ३३ सांसदको समर्थन लिएर एमालेकाबाट मुख्यमन्त्री दावी पेस गरेका अधिकारीले प्रदेश सभामा काँग्रेससँग पनि विश्वासको मत मागे छन् । अधिकारीले प्रदेश समृद्धका लागि एक जुट भएर काम गर्ने र भ्रष्टाचार शून्य प्रदेश बनाउने भन्दै आफूलाई विश्वासको मत दिन आह्वान गरेका हुन् । 

राजस्व वृद्धि,  सडक सञ्जाल विस्तार गर्न आफू नेतृत्वको सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, प्रदेशमा काँग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ । काँग्रेस संसदीय दलको नेता सुरेन्द्र पाण्डेले बाहिर बसेर रचनात्मक काम गर्ने बताए । उनले सरकारले साथमा साथ लिएर अगाडि बढे समृद्धिको यात्रामा काँग्रेसको साथ रहेन बताए । 

गण्डकीमा काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ । २८ संसद प्रतिपक्षमा बस्ने निश्चित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस