कर्मचारीको निधनमा वीरगञ्ज महानगरद्वारा आज शोक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीको निधनमा वीरगञ्ज महानगरद्वारा आज शोक बिदा


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रूपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए ।

कुर्मीको गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस