गण्डकीमा काँग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकीमा काँग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली काँग्रेसले विश्वासको मत नदिने भएको छ । नेकपा एमालेकाबाट मुख्यमन्त्री भएका अधिकारीलाई बिहीबार नै एकीकृत समाजवादीका संसद दीपक मनाङेले विश्वासको मत नदिने बताइसकेका छन् । यस्तै शुक्रबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले पनि अधिकारीलाई विश्वासको मत नदिने जनाएको हो ।

माओवादी नेतृत्वको केन्द्र सरकारलाई काँग्रेसले विश्वासको मत दिए पनि गण्डकीमा नदिने निर्णय गरेको संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । काँग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीले आजै दिउँसो २ बजे संसदबाट विश्वासको मत लिँदै छन् । गण्डकीमा काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ भने २८ संसद प्रतिपक्षमा बस्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस