सन्दीपको तर्फबाट २० लाख धरौटी दाखिला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन्दीपको तर्फबाट २० लाख धरौटी दाखिला


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली क्रिकेट टिमका सन्दीप लामिछानेको तर्फबाट जिल्ला अदालत काठमाडौँमा २० लाख रुपैयाँ धरौटी रकम दाखिला भएको छ । उच्च अदालत पाटनले जिल्ला अदालतको पनपक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो ।

उच्च अदालतले २० लाख धरौटी र अन्य सर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको हो ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारीप्रसाद सापकोटाका अनुसार अब जिल्ला अदालतबाट कारागारलाई रिहा गर्न पत्र जानेछ । पत्र लगेर सन्दीपलाई तारिख थमाउनका लागि पुनः जिल्ला अदालतमा उपस्थित गराइनेछ । त्यसपछि सन्दीप रिहा भई आफ्नो मुद्दामा प्रतिवाद गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस